सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए बेल्जियमको चुनाव : धमला र सापकोटाको भिडन्त

शनिबार, ३० असार २०८०, ०८ : ३९
शनिबार, ३० असार २०८०

काठमाडौँ । अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बेल्जियममा आइतबार चुनाव हुँदै छ । चुनावी मैदानमा तीर्थराज धमला र सीता सापकोटाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । 

निर्वाचन समितिका अनुसार दुई जनाको उम्मेदवारी परेसँगै आइतबार बेल्जियमका विभिन्न ५ सहरमा बुथ राखेर मतदान सञ्चालन गरिनेछ । निर्वाचनको पूर्वसन्ध्यामा दुवै उम्मेदवारहरू आफ्नो पक्षमा माहौल बनाउन हरतरहले जुटेका छन् । 

धमला वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् ।  यसअघिको कार्यकालमा महासचिव भएर काम गरेको अनुभव सम्हालेका उनी नेपाली समुदायलाई एक बनाएर अघि लैजाने प्रमुख एजेन्डा रहेको बताउँछन् ।  उनले आफूलाई एक बलियो उम्मेदवारका रूपमा स्थापित गरेका छन् । 

एनआरएनए बेल्जियमलाई थप गतिशील बनाउन प्रभावकारी कार्यदक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चाहिएको बताउँदै त्यसका लागि आफू परिपक्व भइसकेको धमलाको दाबी छ।

यस्तै सापकोटा ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन महिला नेतृत्वलाई मतदान सबैको साझा एनआरएनए’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएकी छन् । नेपाली जनसम्पर्क समिति हुँदै एनआरएनए बेल्जियम अध्यक्षको प्रत्यासीको रूपमा आफूलाई उभ्याएकी सीता नेतृत्वमा आउन सके समुदायका लागि केही न केही अवश्य राम्रो गर्ने बताउँछिन् ।

‘म जे बोल्छु त्यो गर्छु र जति सक्छु त्यति मात्रै बोल्छु । तर नेपाली समुदाय बेल्जियमको लागि केही न केही राम्रो अवश्य गर्नेछु’, उनले भनिन् ।

यसअघि नेतृत्वको दौडमा रहेकी अनुजाले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै चुनावी माहौल थप रोचक बनेको छ । दुवै उम्मेदवारले अनुजाको साथ आफूहरूलाई रहेको दाबी गर्दै आएका छन् । एनआरएनए बेल्जियममा २ हजार ५७३ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप