एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेको बताएका छन् । एमालेको काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने उल्लेख गरे ।
एमालेले जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेअनुसार आज काठमाडौँ महानगर कमिटीले कालीमाटीको टङ्केश्वर क्षेत्रको विष्णुमती करिडोर टेकुमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो । उपाध्यक्ष पोखरेलले भण्डारीले देश बनाउने सपना देखेको भन्दै एमालेका कार्यकर्ता र नेतालाई पनि सपना देख्न सिकाएको स्पष्ट पारे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, पूर्वप्रदेशमन्त्री रामेश्वर फुयाँल, एमाले काठमाडौँ इन्चार्ज आनन्द पोखरेल, जिल्ला अध्यक्ष दीपक निरौला, जिल्ला सचिव राजेश शाक्यलगायतको उपस्थित थियो । एमाले महानगर कमिटी अध्यक्ष निर्मल देउला र महानगर–१३ का वडाध्यक्ष ध्रुर्वनारायण मानन्धरले विरुवा रोप्ने काम सबैको जीवन र स्वास्थ्यसँग जोडिएको विषय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा १६ दिनकी सुत्केरी घर नजिकैको नालामा मृत फेला
-
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
-
बालेनको चाहना : ‘गुरागाईँ बैठकमा नआइदिएहुन्थ्यो’
-
कैलालीको कोटाखोलामा आएको बाढीले ३४ वटा बाख्रा बगायो
-
रोशी खोलाको बाढीमा फस्यो जेसीबी र टिपर, ५ जनाको उद्धार
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य