लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले तोक्यो जरिवाना
काठमाडौँ । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने र ढिलो बुझाउने राजनीतिक दललाई जरिवाना तोकेको छ । सोमबार बसेको आयोगको बैठकले समयमा लेखापरीक्षण प्रतिवेदन पेश नगरेका दललाई जरिवाना तोकेको हो ।
समयमा प्रतिवेदन पेश नगर्ने र स्पष्टीकरणको जवाफ नदिएका आठ दललाई २० हजार जरिवाना तोकेको छ भने लेखापरीक्षण सार्वजनिक गरी तोकिएको समयमा विवरण नबुझाउने ३९ दललाई सात हजार जरिवाना तिराएको छ ।
त्यस्तै, प्रतिवेदन पेस नगर्ने चार राजनीतिक दललाई १५ हजार, दुई आर्थिक वर्षको लेखा परीक्षण नबुझाउने दुई दललाई १५ हजार जरिवाना तोकिएको छ । यस्तै आयोगले केही राजनीतिक दललाई स्पष्टीकरण पनि सोधेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४१ अनुसार दलहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने र त्यसको एक महिनाभित्र आयोगमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण