एसिया कप क्रिकेट : नेपाल र पाकिस्तानबीच उद्घाटन खेल मुल्तानमा
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । एसिया कपको १६औं संस्करण आगामी अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदै छ ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक पाकिस्तान र नेपालबीच हुने भएको छ । उक्त खेल अगस्त ३० तारिखमा पाकिस्तानको मुल्तानमा खेलिने छ । प्रतियोगितामा वहुप्रतिक्षीत भारत र पाकिस्तानबीचको खेल भने सेप्टेम्बर २ तारिखमा श्रीलङ्काको क्यान्डीमा खेलिने छ ।
यसअघि प्रतियोगिता अगस्त ३१ तारिखमा सुरु हुने भनिएको थियो । तर, आयोजक एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एक दिन पहिले नै प्रतियोगिता सुरु गर्न लागेको हो । प्रतियोगिताको फाइनल खेल भने सेप्टेम्बर १७ तारिखमा श्रीलङ्कामा खेलिने छ ।
प्रतियोगिताको समूह ‘ए’ मा पाकिस्तान, भारत र नेपाल रहेका छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । भारतबाहेक सबै राष्ट्रले समूहगत चरणको आफ्नो पहिलो खेल पाकिस्तानमा खेल्नेछन् । भारतले भने आफ्नो सबै खेल श्रीलङ्कामा खेल्नेछ । फाइनल खेल पनि श्रीलङ्कामै आयोजना हुनेछ ।
प्रतियोगिता अवधिभर कुल १३ खेल खेलिने छ । पाकिस्तानमा हुने सबै खेल स्थानीय समय अनुसार, दिउँसो १ बजे सुरु हुनेछ । श्रीलङ्कामा हुने खेल भने स्थानीय समय अनुसार, दिउँसो १ बजेर ३० मिनेटमा सुरु हुनेछ ।
समूहगत चरणको समाप्तिपछि दुवै समूहका माथिल्ला दुई टोली सुपर फोर चरणमा प्रवेश गर्नेछन् । एसिया कप ५० ओभरको खेल हुनेछ । प्रतियोगितामा बङ्गलादेशले आफ्नो पहिलो खेल सेप्टेम्बर ३ तारिखमा लाहोरमा अफगानिस्तानसँग खेल्नेछ । त्यसपछि श्रीलङ्का र अफगानिस्तानबीचको खेल सेप्टेम्बर ५ तारिखमा गद्दाफी रङ्गशालामा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण