सम्पत्ति शुद्धीकरणमा 'ग्रेस लिस्ट'को जोखिम कायमै
काठमाडौं । फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रूप (एपीजी) मा नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा ग्रे लिस्ट बाट जोगिन १ वर्ष समय दिइएको छ । क्यानडामा सम्पन्न एफएटीएफ एपीजीको २३औं वार्षिक बैठकले नेपाललाई शर्तसहित थप १ वर्ष दिएको हो ।
नेपालबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली एपीजीको वार्षिक बैठकमा भाग लिन गएको थियो । असार २४ २९ सम्म आयोजित एशिया प्यासिफिक ग्रूप अन मनी लाउन्डरिङ (एपीजी) को वार्षिक प्लेनरी बैठकमा सहभागी भई अधिकारीसहितको टोली स्वदेश फर्किएको छ ।
नेपालले अबको १ वर्षमा ऐन संशोधन गरेर सम्पत्ति शुद्धीकरणका सम्भावित क्षेत्रमा नियमन गरेको प्रमाण पेश गर्नुपर्नेछ । त्यसपछि नेपालको प्रगतिको मूल्यांकन हुनेछ । उक्त अवधिमा नेपालले सहकारी, घरजग्गा र बीमाक्षेत्रबाट भइरहेको सम्पत्ति शदीकरणलाई न्यनीकरण गरेको प्रमाण पेश गर्नुपर्ने छ । यो सामार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वार्षिक ८ लाखसम्म आफ्नै गाउँमा कमाइ हुँदो रहेछ, किन विदेश गइरहनु ? ’
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण