देउवाले खुवाए जन्मदिनमा गगनलाई केक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई जन्मदिनमा केक खुवाएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारको केन्द्रीय समिति बैठक स्थगित गरेलगत्तै सभापति देउवाले महामन्त्री थापालाई केक खुवाएका हुन्।
साउन ३ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ। बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
आज बिहान ११ बजेदेखि ५ : १५ बजेसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।
महामन्त्री थापाको जन्मदिनमा सानेपामा आयोजित कार्यक्रमलाई कांग्रेसले आधिकारिक फेसबुकबाट लाइभसमेत गरेको थियो।
पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरेका थिए । आजको बैठक सकिएलगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको जन्मदिन मनाउने सुनाएका थिए । जन्मदिन मनाउने क्रममा ‘ह्याप्पी बर्थ डे टु यु’ गीत बजाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता