सिराहामा आफ्नै घरको शौचालयमा एक महिला मृत फेला, हत्या भएको माइती पक्षको आरोप
जनकपुरधाम । सिराहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् । सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
सुधनसँग करिब ५ वर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तिसँग २ वर्षीय छोरी रहेकी छन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । उनी राती २ बजे झुन्डिएको भेटिएको परिवारजनको बयान छ । यद्यपि, राति २ बजे तर्फको यो घटनाले शङ्का उत्पन्न गराएको छ । शौचालय जाँदा राति २ बजे उनको घरपरिवारले कसरी देखेको भनेर शङ्का उत्पन्न गराएको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको हो । उनको शव पोस्टमार्टमको लागि सिराहा लैजाने तयारी गरिएको बताए ।
यता, शान्तिको माइत पक्षले छोरीलाई हत्या गरी झुण्डयाईदिएको आरोप लगाएका छन् । श्रीमान् वैदेशिक रोजगारीमा हुँदा पटक पटक झैँ झगडा हुँदै आएकोमा मारेर झुण्डयाई दिएको आरोप माइती पक्षको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण