शिल्पी थिएटरमा ‘ट्रान्जिट’ को मञ्चन
शुक्रबार, ०५ साउन २०८०, १४ : ०१
काठमाडौँ । नाटक ‘ट्रान्जिट’को मञ्चन सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबारबाट नियमित रुपमा नाटक मञ्चन सुरु भएको हो ।
नाटकको पहिलो सो बिहीबार सेलिब्रिटी, पत्रकार लगायतलाई देखाइएको थियो । घिमिरे युवराजको निर्देशन, कुमार नगरकोटीको लेखन रहेको नाटक भदौ २ गतेसम्म चल्ने छ ।
अभिनेत्री शिल्पा मास्केले यसै नाटकमार्फत रंगमञ्चमा डेब्यु गरेकी छन् । नाटक ‘ट्रान्जिट’ एक ट्रान्जिटको कथा हो, जहाँ भेटिएका पात्रसँगै नाटकले दर्शकलाई कल्पनाको संसारमा लिएर जान्छ ।
नाटकमा अभिनेता दिव्यदेवले शीर्ष पात्र मानवको भूमिकामा अभिनय गरेका छन् । मायावीको भूमिकामा तीन अभिनेत्री शिल्पा मास्के, आकांक्षा कार्की र वासना तिमल्सिना छन् । जेलरको रुपमा मिल्सन राईले अभिनय गरेका छन् । पहिलो मञ्चनमा नाटकलाई सकारात्मक प्रतिक्रिया मिलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण