आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रेडियो, टेलिभिजन लगायतले अब गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने

शुक्रबार, ०५ साउन २०८०, १८ : ३८
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । रेडियो, टेलिभिजन लगायतले अब गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने भएको छ । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले रोयल्टी नतिर्ने रेडियो-टिभीलगायतलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ ।

रोयल्टी नतिर्ने रेडियो, टिभीलाई गीत नबजाउन भन्ने र बजाइयो भने कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी कारबाहीमा जाने संघले निर्णय गरेको संघका अध्यक्ष चेतन सापकोटाले बताए ।

रोयल्टी नपाएसम्म रेडियो, टिभीमा गीत नबजाउने सहमति सांगीतिक संघसंस्थाहरू बीच भएको समेत सापकोटाले जानकारी दिए ।

बैठकले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृति प्रसारण नगर्ने भन्ने रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघको निर्णयप्रति पनि आपत्ति जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप