रेडियो, टेलिभिजन लगायतले अब गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने
शुक्रबार, ०५ साउन २०८०, १८ : ३८
काठमाडौँ । रेडियो, टेलिभिजन लगायतले अब गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने भएको छ । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले रोयल्टी नतिर्ने रेडियो-टिभीलगायतलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ ।
रोयल्टी नतिर्ने रेडियो, टिभीलाई गीत नबजाउन भन्ने र बजाइयो भने कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी कारबाहीमा जाने संघले निर्णय गरेको संघका अध्यक्ष चेतन सापकोटाले बताए ।
रोयल्टी नपाएसम्म रेडियो, टिभीमा गीत नबजाउने सहमति सांगीतिक संघसंस्थाहरू बीच भएको समेत सापकोटाले जानकारी दिए ।
बैठकले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृति प्रसारण नगर्ने भन्ने रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघको निर्णयप्रति पनि आपत्ति जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण