मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरीहरू वैदेशिक रोजगारीको नाममा बेचबिखनको उच्च जोखिममा

काठमाडौँ । मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरी तथा महिलाहरूले कार्यस्थलमा यौन दुर्व्यवहार भोग्नुपरेको बताएका छन् । रात्रिकालीन व्यवसायमा काम गर्ने किशोरी तथा महिलाहरूले यौन दुर्व्यवहार भोग्दै आएको बताएका हुन् ।
डान्सबार, दोहोरी साँझ तथा नाइट क्लबहरूमा काम गर्ने क्रममा ग्राहकबाट यस्तो खालको दुर्व्यवहार भोग्नुपरेको उनीहरूको भनाई छ । यौन दुर्व्यवहार मात्रै नभएर उनीहरू वैदेशिक रोजगारीको नाममा बेचबिखनको जोखिममा समेत पर्ने गरेको पाइएको हो ।
शुभ अवसर ग्राम नेपाल (ओभिएस नेपाल) ले गरेको सर्वेक्षणको क्रममा यस्तो पाइएको हो । काठमाडौँ एक कार्यक्रमको आयोजना गरेर सर्वेक्षण सार्वजनिक गरिएको थियो । सर्वेक्षणको नतिजा प्रस्तुत गर्दै रञ्जना शर्माले रात्रिकालीन व्यवसायको क्षेत्रमा काम गर्ने १४२ जना किशोरी तथा महिलामा गरिएको सर्वेक्षणको क्रममा अधिकांशले यौन दुर्व्यवहार भोग्नुपरेको बताइन् ।
त्यस्तै आउने ग्राहक तथा अन्य व्यक्तिहरूले उनीहरूलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पार्ने गरेको समेत पाइएको हो । ‘पैसावाला ग्राहक आउँछन् । उनीहरूले पैसाको प्रलोभन देखाउँछन् । र यौन कार्यका लागि बाध्य पार्छन् । यति मात्र नभएर विदेश जाऊँ, राम्रो कामको लागि पठाइदिने भन्दै प्रलोभन समेत दिने गरेको पाइयो । अनि उता लगेर मानव बेचबिखनको जोखिममा पर्ने गरेको देखियो’ शर्माले भनिन् ।
त्यसरी वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर उनीहरूलाई यौन कार्यका लागि बाध्य पार्ने र बेचबिखनको समेत जोखिममा पर्ने गरेको पाइएको हो । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ९ र ३२ मा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूमा सर्वेक्षण गरिएको थियो ।
जसमध्ये १३ प्रतिशत बालबालिकाको प्रयोग गरिएको पाइएको थियो । जसमध्ये ६१ प्रतिशत डान्स बारमा डान्सरको रूपमा काम गरेको पाइएको थियो ।
सर्वेक्षणमा सहभागी ४१ प्रतिशत महिला श्रमिकहरूले कार्यस्थलमा यौन क्रियाकलापका लागि दबाब हुने गरेको बताएका थिए । यस्तो खालको दबाब ग्राहकबाट आउने गरेको उनीहरूले बताएका थिए ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने अधिकांश महिला तथा किशोरी ग्रामीण भेगबाट रोजगारीको सिलसिलामा काठमाडौँ आउने गरेको देखिएको छि । उनीहरूसँग कानुनी दस्ताबेजहरू नागरिकता, जन्मदर्ता लगायतका कानुनी कागजात नहुँदा विभिन्न खालका समस्या भोग्नुपरेको बताएका थिए ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने कामदारको संरक्षण गर्न जारी गरिएको निर्देशिका लागू भएमा कामदारको संरक्षण स्थापित गर्न सकिने शुभ अवसरकी कार्यकारी निर्देशक सिस्टर अन्थयोनिया सुसैले बताइन् ।
कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका विभागीय प्रमुख गोपाल प्रसाद पोखरेलले रात्रिकालीन व्यवसायमा नियमित अनुगमन भइरहेको बताए । अहिले वडा तहबाटै अनुगमन भइरहेको भन्दै यो क्षेत्रमा देखिएको विकृति तथा विसङ्गति समाधान गर्न सकिने बताए ।
यो वर्षको बजेट मार्फत महानगरले प्राथमिकतामा राखेको बताए । साथी महानगरको लागि २ करोड बजेट विनियोजित गरिएको भन्दै उक्त बजेट तत्काल उद्धार, उपचार लगायतका आकस्मिक कार्यको लागि खर्च गरिने बताए । त्यसका साथै अन्य कार्यक्रम मार्फत समेत महानगरले बजेट विनियोजित गरेको बताए ।
ओभिएस नेपालका विकास ढुङ्गानाले एकले अर्कोलाई जिम्मेवारी दिएर आफू पन्छिनु भन्दा सबै मिलेर समस्याको समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । यो क्षेत्रका व्यवसायीहरू बढी जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।
नेपाल रेस्टुरेन्ट व्यवसायी संघका सहअध्यक्ष श्याम कार्कीले प्रहरी प्रशासनले अनेकन् दुःख दिने गरेको बताए । ‘हामी सबै हाम्रा कामदारको पक्षमा हुन्छौँ । हाम्रा लागि ग्राहक भगवान् नै हुन्छन् । यस्तो अवस्थामा कहिलेकाहीँ केही समस्या आइहाल्छ । तर, प्रहरी प्रशासन भने हाम्रो कुरै सुन्ने पक्षमा हुँदैन । जसरी पनि व्यवसायीलाई जेल हाल्नैपर्छ भन्ने मानसिकतामा प्रहरी हुन्छ ।’ उनले भने
यो क्षेत्रमा काम गर्ने किशोरी तथा महिलाहरूले भने शारीरिक तथा मानसिक पीडा भोग्न बाध्य रहेको बताए । एक महिलाले यो क्षेत्रमा काम गर्दा एकदमै न्यून पारिश्रमिकमा काम गर्नुपरेको बताइन् । त्यस्तै आउने ग्राहकहरूबाट समेत यौन दुर्व्यवहारको सिकार बन्न परिरहेको उनको भनाई थियो ।
सरोकारवाला निकायहरूले रात्रिकालीन व्यवसायमा सुधार गर्नुपर्ने थुप्रै कुराहरू रहेको भन्दै त्यसको सुधारका लागि सबै अगाडि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु