प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ४५ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाखभन्दा बढी रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
प्रधानमन्त्री सुशासन सल्लाहकार भएको र अन्य नेताहरुसँग पनि राम्रो सम्बन्ध रहेको भन्दै विभिन्न कम्पनी तथा व्यवसायहरुमा सहभागी गराउने आश्वासन दिएर ४५ लाखभन्दा बढी रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले काठमाडौँको नागार्जुन नगरपालिका ८ का ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र सोही ठाउँका २३ वर्षीय विशाल खनाललाई पक्राउ गरेकाे छ । उनीहरु दुवै जनालाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै उनीहरुले ना४च ८६७० नम्बरको जिप लगेर फरार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय दमक झापामा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत झापाले पक्राउ पुर्जी जारी गरेपछि आइतबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण