शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आपतकालीन अक्षयकोषको स्थापना गर्ने एनआरएनए बेल्जियमको निर्णय

बुधबार, १० साउन २०८०, १० : ५८
बुधबार, १० साउन २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले आपतकालीन अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । 

एनआरएनए बेल्जियमका प्रथम बैठकले बेल्जियमस्थित नेपालीहरु वा देशमा आइपर्ने कुनै पनि आपतकालीन समस्यामा सहयोग गर्न  आपतकालीन अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको महासचिव रुविना शर्माले जानकारी दिइन् । 

बैठकले नेपाली समुदाय बेल्जियमलाई एकढिक्का बनाई, भाइचारा र बन्धुत्वको विकास गराउँदै समाजलाई एकताबद्द बनाएर लैजना पहल गर्न एक संकल्प प्रस्ताव पारित समेत गरेको छ । 

नवनिर्वाचित अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा बसेको बैठकले निवर्तमान अध्यक्ष खड्क बहादुर केसी ९ औं महाधिवेशन सफलतापूर्ण सम्पन्न गराएकोमा धन्यवाद प्रकट पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप