आपतकालीन अक्षयकोषको स्थापना गर्ने एनआरएनए बेल्जियमको निर्णय
बुधबार, १० साउन २०८०, १० : ५८
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले आपतकालीन अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ ।
एनआरएनए बेल्जियमका प्रथम बैठकले बेल्जियमस्थित नेपालीहरु वा देशमा आइपर्ने कुनै पनि आपतकालीन समस्यामा सहयोग गर्न आपतकालीन अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको महासचिव रुविना शर्माले जानकारी दिइन् ।
बैठकले नेपाली समुदाय बेल्जियमलाई एकढिक्का बनाई, भाइचारा र बन्धुत्वको विकास गराउँदै समाजलाई एकताबद्द बनाएर लैजना पहल गर्न एक संकल्प प्रस्ताव पारित समेत गरेको छ ।
नवनिर्वाचित अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा बसेको बैठकले निवर्तमान अध्यक्ष खड्क बहादुर केसी ९ औं महाधिवेशन सफलतापूर्ण सम्पन्न गराएकोमा धन्यवाद प्रकट पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण