महिला विश्वकप : एसियाली राष्ट्र जापानको लगातार दोस्रो जित
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगितामा एसियाली राष्ट्र जापानले लगातार दोस्रो जित हासिल गरेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा जापानले कोस्टारिकालाई २-० गोलले पराजित गर्यो ।
यसअघि आफ्नो पहिलो खेलमा जापानले जाम्बियालाई ५-० गोलको ठुलो अन्तरले हराएको थियो । लगातार दोस्रो जितसँगै जापानले नकआउट चरणको सम्भावना पनि बलियो बनाएको छ । दुई खेलबाट ६ अङ्क बटुल्दै जापान तालिकाको पहिलो स्थानमा छ ।
तालिकाको दोस्रो स्थानमा आसिन स्पेनले एक खेलबाट तीन अङ्क जोडेको छ । तेस्रो स्थानमा रहेको कोस्टारिका र चौथो स्थानमा रहेको जाम्बियाले भने खाता खोल्न सकेका छैनन् । बुधबार नै स्पेन र जम्बियाबीच खेल हुँदैछ ।
कोस्टारिकाविरुद्घको खेलमा जापानले दुबै गोल तीन मिनेटको बीचमा गरेको थियो । निर्धारित समयको २५औँ मिनेटमा जापानका लागि हिकारु नाओमोतोले पहिलो गोल गरेकी थिइन् । २७औँ मिनेटमा ओबा फुजिनोले अर्को गोल थप्दै जापानलाई महत्त्वपूर्ण तीन अङ्क दिलाएकी हुन् । जापानले समूहगत चरणको अन्तिम खेल ३१ तारिखमा स्पेनसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण