बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
बालिका बलात्कार प्रकरण

ठमेलस्थित ‘एलओडी’का दुईजना सञ्चालक रिहा

बिहीबार, २८ असार २०८०, २३ : २१
बिहीबार, २८ असार २०८०

काठमाडौं । ठमेलस्थित लर्ड अफ द ड्रिंक्स् (एलओडी)का दुईजना सञ्चालकलाई रिहा गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गरेको निर्णयअनुसार उनीहरु रिहा भएका छन् ।  प्रहरीले सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जेठ ३० मा १५ वर्षीया किशोरीलाई क्लव प्रवेशमा अनुमति दिएको आरोपमा प्रहरीले उनीहरुविरुद्ध ‘बालबालिका सम्बन्धी कसुरमा’ अनुसन्धान गरिरहेको थियो । 

सरकारी वकिल कार्यालयले गरेको निर्णयअनुसार उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । सरकारी वकिल कर्यालयले गरेको निर्णयमा भनिएको छ– ‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिँदा जिम्मा जमानीमा हिरासत बाहिर राखेर अनुसन्धान गर्नु ।’ 

सुवाल र श्रेष्ठबारेको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा पेश गरेको छैन । जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहिंका ग्राहकले ललितपुरमा ल्याएर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप