एलओडीका म्यानेजर प्रहरीको हिरासतमा
काठमाडौँ । काठमाडौँ प्रहरीले ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिङ्क्स) का म्यानेजरलाई पक्राउ गरेको छ । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धानका लागि म्यानेजर सहदेव सेढाईंलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।
रिजालका अनुसार म्यानेजर सेढाईं असार २८ देखि टेकुस्थित काठमाडौँ प्रहरीको हिरासतमा छन् । जेठ ३० मा १५ वर्षीया बालिकालाई क्लब प्रवेशमा अनुमति दिएको आरोपमा पक्राउ परेका सो क्लबका सञ्चालकहरू राजुसिंह सुवाल र रुदिल बल्लभ श्रेष्ठलाई सरकारी वकिलले ‘जिम्मा जमानी’मा छाड्न निर्देशन दिएको थियो ।
संचालकहरु रिहा भएकै दिन म्यानेजर पक्राउ परेका हुन् । सञ्चालक र म्यानेजर विरुद्ध ‘बालबालिका सम्बन्धी कसुर’मा अनुसन्धान भइरहेको एसपी रिजालले जानकारी दिए । काउन्टरमा कार्यरत सपना ढुङ्गानालाई प्रहरीले सोधपुछ पछि कागज गरेर छाडेको छ ।
जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहाँका ग्राहकले ललितपुरमा लगेर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा पहिरोले गाडी पुरिँदा चालकको मृत्यु
-
मतदानको प्रतीक्षामा रास्वपा प्रतिनिधि (तस्बिरहरू)
-
पूर्वाधार, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै रुपन्देहीका पालिका
-
धौलागिरिमा ४८ करोड ५२ लाखको बजेट पारित
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण