कोशीमा सत्ता सङ्कट : के भन्छन् पदमुक्त भएका उद्धव थापा ?
विराटनगर । कोशी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले आफू कामचलाउ मुख्यमन्त्री नरहेको बताएका छन् । गत असार २१ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति प्रक्रिया सर्वोच्चले आज खारेज गरेको थियो ।
अदालतले मुख्यमन्त्री नियुक्ति प्रक्रिया नै खारेज गरेपछि उनको कामचलाउ हैसियत नै नरहेको र असार २१ भन्दा अगाडिको अवस्था सुरु भएको संविधानविद्हरूको तर्क छ । सोही तर्कलाई समर्थन जनाउँदै थापाले आफू कामचलाउ मुख्यमन्त्री नरहेको बताएका हुन् ।
‘म काठमाडौँमा छु । अदालतले जे निर्णय गरेको छ । त्यही कुरा हो,’ उनले भने, ‘अब पुनः प्रक्रिया पुरा गरेर आइज भनेपछि त्यो हैसियतमा रहिएन ।’
त्यसोभए हिक्मतकुमार कार्की नै कामचलाउ मुख्यमन्त्री हुनु भयो भन्ने प्रश्नमा उनले भने, ‘होला । अदालतको पूर्ण पाठ पढेपछि थप थाहा हुन्छ । अदालतको निर्णयलाई मैले स्विकार्नै पर्छ । त्यसलाई मान्नै पर्छ । अदालतले ७ दिनभित्रमा फेरि प्रक्रिया पुरा गरेर आउनु भनेको छ त्यसै गर्ने हो ।’
सात दिनभित्रमा आफ्नै नेतृत्वमा पुनः बहुमतको दाबी लिएर प्रदेश प्रमुखसमक्ष जाने उनले बताए । ‘राप्रपाको समर्थन । दलको नेता परिवर्तन लगायतको कुरा भनेको शीर्ष नेताले गर्ने कुरा हो । यो हाम्रो बसको कुरा होइन । भोली नेताहरू बैठक बस्नुहुन्छ । के निर्णय लिनुहुन्छ त्यही अनुसार अगाडि बढ्ने हो,’ थापाले भने, ‘यस्तो बेलामा नेताहरूले तँ हट, न नबस, तँ नजा भन्नुहुन्छ ? पार्टीलाई सङ्कट परेको बेलामा कार्यकर्तालाई लखेट्ने काम कुन नेताले कुन पार्टीले कुन दलले गर्छ ? ’ उनले आफ्नो नेतृत्वको विकल्प नभएको पनि बताए ।
‘अर्को विकल्प के छ त ? मलाई नै प्रक्रिया पुरा गरेर आइज भनेर अदालतले नै त्यो आशय दिएको छ । अब मैले नै प्रक्रिया पुर्याएर आउनु पर्ने हुन्छ,’ तपाईँकै नेतृत्वमा सरकार बनाउने प्रयास हुन्छ फेरि भन्ने प्रश्नमा उनले भने ।
काँग्रेसका कतिपय नेताको दलको नेता परिवर्तन गर्नुपर्छ भन्ने कुरा गरेको विषयमा आफ्नो कुनै प्रतिक्रिया नहुने बताए । ‘बहुमत पुर्याएर अब दाबी पेस गर्ने हो ७ दिनभित्र,’ थापाले भने ।
थापा नियुक्त भएको २२ दिनमै मुक्तमन्त्रीबाट पदमुक्त भएका हुन् । सर्वोच्च अदालतले उनलाई पदमुक्त गरेसँगै कोशी प्रदेशमा सरकारबिहीनताको अवस्था सिर्जना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण