मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना

बिहीबार, ११ साउन २०८०, २१ : २४
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज पार्टीको केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोजको आयोजना गरेका छन् ।

रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसदलगायतको उपस्थिति थियो ।

सो अवसरमा सभापति देउवाले नेता निधिलाई रात्रिभोज आयोजना गरेकोमा धन्यवाद दिएका थिए । यसैगरी नेता निधिले सबैलाई स्वागत गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप