अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित
शुक्रबार, १२ साउन २०८०, १८ : ००
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रुपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ । अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ ।
“अध्यागनको सर्भर डाउन भएकाले मेनुअलरुपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ”, प्रमुख सेडाइँले भने । विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको र मेनुअलरुपमा उडान सेवालाई निरन्तरता दिइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझा सुरक्षा चासोदेखि रणनीतिक सहकार्यसम्म : भारत भ्रमणबारे राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको ब्रिफिङ
-
अमेरिका–इरान सैन्य तनाव : पाकिस्तानको मध्यस्थता प्रयास
-
एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी
-
संसद् चलाउन एक कदम पछाडि हटेका हौँ, प्रधानमन्त्रीलाई माफी दिएका होइनौँ : प्रमुख सचेतक दुलाल
-
झापामा २४ जना फरार अभियुक्त पक्राउ
-
अमेरिकी अधिकारीहरू भर्ती गर्न प्रयोग गरिएका १२ भन्दा बढी वेबसाइट एफबीआईको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण