विश्व आदिवासी दिवस मनाउन मूल समारोह समिति गठन
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले साउन २४ (९ अगष्ट) गते २९ औं विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने तयारी गरेको । हरेक वर्ष विश्वव्यापी रुपमा मनाइँदै आएको यो दिवस यस वर्ष पनि नेफिनले विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो ।
महासंघले साताव्यापीरुपमा विविध कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको छ । जसअन्तर्गत महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
त्यस्तै महासंघले विभिन्न उपसमितिहरू समेत गठन गरेको छ । जसअन्तर्गत नेफिनका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन उपसमिति, उपाध्यक्ष लाकुपा ढोक्प्या शेर्पाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, उपमहासचिव रामकृष्ण ब्लोन तामाङको संयोजकत्वमा झाँकी र्याली व्यवस्थापन उपसमिति र स्वयंसेवक उपसमिति, सचिव गोविन्द लामा ह्यल्मोको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कोषाध्यक्ष विमल सारु मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
विश्व आदिवासी दिवसका सन्दर्भमा महासंघले ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं । परम्परागत ज्ञान, सीपको प्रवर्द्धन गर्दै पुर्ख्यौंली भूमी, भाषा र संस्कृतीको संरक्षण गरौं’ भन्ने मूल नारा समेत तय गरेको नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए ।
विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण