मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल

सोमबार, १५ साउन २०८०, २० : ३९
सोमबार, १५ साउन २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् । 

सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले सोमबार भौतिक योजना तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षीय छलफल गरेका हुन् । 

छलफलका क्रममा काठमाडौँ उपत्यका दिनहुँ देखिने ट्राफिक समस्या समाधान र विशेष सार्वजनिक बस सेवा सञ्चालन बारे छलफल भएको थियो ।

छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाई सचेत गराए । 

विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको प्रशंसा गर्दै असोजसम्मलाई तारगेट गरेर विशेष बसहरु सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप