उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल
सोमबार, १५ साउन २०८०, २० : ३९
१
काठमाडौँ । काठमाडौँ उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् ।
सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले सोमबार भौतिक योजना तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षीय छलफल गरेका हुन् ।
छलफलका क्रममा काठमाडौँ उपत्यका दिनहुँ देखिने ट्राफिक समस्या समाधान र विशेष सार्वजनिक बस सेवा सञ्चालन बारे छलफल भएको थियो ।
छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाई सचेत गराए ।
विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको प्रशंसा गर्दै असोजसम्मलाई तारगेट गरेर विशेष बसहरु सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
-
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
-
शान्ति सम्झौता ‘सकियो’ : फेरि किन आमनेसामने भए अमेरिका र इरान ?
-
एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी
-
तिलिचो ताल पदमार्गमा आश्रयस्थल निर्माण
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण