नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन आग्रह
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले सुनाएको फैसलालाई स्वागत गर्दै बाँकी शंकास्पद व्यक्तिहरूमाथि पनि थप अनुसन्धान अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा बुधबार स्टाटस लेख्दै नेता श्रेष्ठले आफू उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका बेला केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उक्त प्रकरणमा गम्भीर अनुसन्धान गरी मुद्दा दायर गरेको स्मरण गर्दै अदालतको पछिल्लो फैसला राष्ट्रको छवि नै धमिल्याउने घटनालाई निष्कर्षतर्फ पुर्याउने महत्वपूर्ण कदम भएको बताए।
श्रेष्ठका अनुसार मुद्दा दायर गर्दा अनुसन्धानबाट पुष्टि भएका व्यक्तिहरूलाई मात्रै अभियोग लगाइएको थियो। तर, अन्य धेरै व्यक्तिहरू पनि शंकाको घेरामा रहेकाले उनीहरूमाथि थप अनुसन्धान आवश्यक रहेको भन्दै अनुसन्धान खुला राखिएको थियो।
उनले कानुनी समयसीमाका कारण तत्काल पुष्टि भएका व्यक्तिविरुद्ध मात्रै मुद्दा दायर गर्नुपरेको उल्लेख गर्दै अहिले सरकारलाई सम्बन्धित निकायमार्फत बाँकी पक्षको पनि निष्पक्ष र गहिरो अनुसन्धान अघि बढाउन ध्यानाकर्षण गराएका छन्।
मंगलबार अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकांश आराेपीलाई दाेषी ठहर गरेकाे थियाे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण