'आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू' पुस्तक सार्वजनिक
काठमाडौँ । नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको सम्भावना र चुनौती संकलित आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू नामक पुस्तक विमोचन भएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) र फेडेरेशन अफ नेपाल एक्सपोर्ट एसोसिएसनको संयुक्त प्रयासमा यो पुस्तक तयार गरिएको हो ।
सोमबार मुख्य सचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल, उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेशचन्द्र पौडेलको उपस्थितिमा पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचनमा लेखकहरु डा. गोपाल प्रसाद तिवारी, उत्तम गौतम र कृष्णराज बजगाईँको उपस्थिति समेत हरेको थियो ।
मौलिक उत्पादन र बजारीकरणको प्रचुर सम्भावना र निर्यात प्रवर्द्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषण गरेर पुस्तक तयार गरिएको सीबीफीनले जनाएको छ ।
अध्यक्ष पवन गोल्याणले बैंक तथा वित्तीय संस्थाहरुबाट जोखिमयुक्त एवं अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई सुरक्षित र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गराउन जरुरी देखिएको उल्लेख गर्दै आन्तरिक बजारमा बढ्दो माग भएका र बाह्य बजारमा निर्यात वृद्धिको प्रचुर सम्भावना भएका स्वदेशी कच्चा पदार्थमा आधारित कृषि तथा वन पैदावार लगायतका १० वटा वस्तुहरूको १० वर्षे तथ्यांक केलाएर पुस्तक तयार गरिएको बताए ।
पुस्तकले समग्र उद्यमी/व्यवसायीहरुको स्तरोन्नतिको मार्ग पहिल्याउनुका साथै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि मार्ग निर्देश समेत गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण