७ महिनामा ५ लाख ३४ हजार पर्यटक भित्रिए, जुलाईमा ५७ हजार
काठमाडौँ । सन् २०२३ को जुलाईमा ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । योसँगै यो वर्षको ७ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ५ लाख ३४ हजार २०७ पुगेको छ ।
अघिल्लो महिना जुनसम्ममा ४ लाख ७६ हजार ४८१ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यद्यपि, यो हवाई मार्ग हुँदै आउने पर्यटकको मात्र तथ्याङ्क हो । यसबाहेक बाई बस (स्थलमार्ग) हुँदै आउने पर्यटकको संख्या यसको दोब्बर हुनसक्ने अनुमान अध्यागमन विभागको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी सार्क मुलुकहरुबाट पर्यटक आगमन तीव्र रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । गत महिना भारतबाट मात्र २१ हजार ३५७ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् ।
यस्तै, सार्क बाहिरका एशियाली मुलुकहरुबाट १० हजार १८३ जना, युरोपेली मुलुकहरुबाट ८ हजार ९६५ जना, सामुन्द्रिक मुलुकहरुबाट १ हजार २१३ जना, अमेरिकी मुलुकहरुबाट ६ हजार २१४ जना र मध्यपश्चिम मुलुकहरुबाट ३७३ जना पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यसपटक २९.८ प्रतिशतले पर्यटक आगमन बढेको हो । सन् २०२२ को जुलाईमा जम्मा ४४ हजार ४६२ जना मात्र विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण