शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

७ महिनामा ५ लाख ३४ हजार पर्यटक भित्रिए, जुलाईमा ५७ हजार

मङ्गलबार, १६ साउन २०८०, १८ : १९
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । सन् २०२३ को जुलाईमा ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । योसँगै यो वर्षको ७ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ५ लाख ३४ हजार २०७ पुगेको छ । 

अघिल्लो महिना जुनसम्ममा ४ लाख ७६ हजार ४८१ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यद्यपि, यो हवाई मार्ग हुँदै आउने पर्यटकको मात्र तथ्याङ्क हो । यसबाहेक बाई बस (स्थलमार्ग) हुँदै आउने पर्यटकको संख्या यसको दोब्बर हुनसक्ने अनुमान अध्यागमन विभागको छ । 

समीक्षा अवधिमा सबैभन्दा बढी सार्क मुलुकहरुबाट पर्यटक आगमन तीव्र रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । गत महिना भारतबाट मात्र २१ हजार ३५७ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । 

यस्तै, सार्क बाहिरका एशियाली मुलुकहरुबाट १० हजार १८३ जना, युरोपेली मुलुकहरुबाट ८ हजार ९६५ जना, सामुन्द्रिक मुलुकहरुबाट १ हजार २१३ जना, अमेरिकी मुलुकहरुबाट ६ हजार २१४ जना र मध्यपश्चिम मुलुकहरुबाट ३७३ जना पर्यटक भित्रिएको बोर्डले जनाएको छ । 

अघिल्लो वर्षको तुलनामा यसपटक २९.८ प्रतिशतले पर्यटक आगमन बढेको हो । सन् २०२२ को जुलाईमा जम्मा ४४ हजार ४६२ जना मात्र विदेशी पर्यटक नेपाल भित्रिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप