आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सुन प्रकरणमा सरकारले थालेको अनुसन्धानमा एमालेले सघाउनुपर्छ : जनार्दन शर्मा

बुधबार, १७ साउन २०८०, १३ : १२
बुधबार, १७ साउन २०८०

काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले क्वीन्टल सुन प्रकरणमा सरकारले थालेको अनुसन्धान प्रक्रियालाई एमालेले सघाउनुपर्ने बताएका छन् । बुधबार केन्द्रीय समिति बैठकमा भाग लिन प्रज्ञाभवन कमलादीमा पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भइरहेको अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह गरेका हुन् ।

सुन प्रकरणमा उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेपछि प्रतिनिधिसभा बैठक साउन २२ सम्मका लागि स्थागित भएको छ ।

‘सुन प्रकरणलाई लिएर एमालेले संसद अवरोध गर्न आवश्यक छैन । यस विषयमा सरकारकै निकाय केन्द्रीय अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाएको छ’, उनले भने, ‘उसले अनुसन्धान गरिसकेपछि चित्त बुझेन भने उच्चस्तरीय छानविनको माग राख्दा उचित  होला । अहिले नै अनुसन्धान कार्यलाई प्रभावित पार्ने हिसाबले संसद अवरोध गर्नु उचित छैन ।’

त्यस्तै उनले केन्द्रीय समिति बैठकबाट माओवादी आफ्नै खुट्टामा उभिने दाबी गरेका छन् । अहिलेसम्म भएका कमी कमजोरीबारे बैठकमा गम्भीर छलफल हुने भन्दै उनले आवश्यक परे फेरि संघर्षको  नेतृत्व लिनेगरी पार्टीले कार्यक्रम ल्याउने जिकिर गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप