सुन प्रकरणमा सरकारले थालेको अनुसन्धानमा एमालेले सघाउनुपर्छ : जनार्दन शर्मा
काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले क्वीन्टल सुन प्रकरणमा सरकारले थालेको अनुसन्धान प्रक्रियालाई एमालेले सघाउनुपर्ने बताएका छन् । बुधबार केन्द्रीय समिति बैठकमा भाग लिन प्रज्ञाभवन कमलादीमा पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भइरहेको अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह गरेका हुन् ।
सुन प्रकरणमा उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेपछि प्रतिनिधिसभा बैठक साउन २२ सम्मका लागि स्थागित भएको छ ।
‘सुन प्रकरणलाई लिएर एमालेले संसद अवरोध गर्न आवश्यक छैन । यस विषयमा सरकारकै निकाय केन्द्रीय अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाएको छ’, उनले भने, ‘उसले अनुसन्धान गरिसकेपछि चित्त बुझेन भने उच्चस्तरीय छानविनको माग राख्दा उचित होला । अहिले नै अनुसन्धान कार्यलाई प्रभावित पार्ने हिसाबले संसद अवरोध गर्नु उचित छैन ।’
त्यस्तै उनले केन्द्रीय समिति बैठकबाट माओवादी आफ्नै खुट्टामा उभिने दाबी गरेका छन् । अहिलेसम्म भएका कमी कमजोरीबारे बैठकमा गम्भीर छलफल हुने भन्दै उनले आवश्यक परे फेरि संघर्षको नेतृत्व लिनेगरी पार्टीले कार्यक्रम ल्याउने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण