केन्द्रीय समिति बैठक
यस्तो छ माओवादी नेताहरूको कार्यविभाजन प्रस्ताव
बुधबार, १७ साउन २०८०, १५ : ४५
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गर्ने भएको छ । बुधबारबाट काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक सांगठानिक प्रतिवेदनमा केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको हो ।
‘पार्टी केन्द्रीय अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको कार्यविभाजनको मोडालिटि प्रस्तावमा छ’, नेता गणेश साहले रातोपाटीसँग भने, ‘पार्टी अध्यक्षले समग्र पार्टीको हेण्डलिङ गर्ने भनिएको छ ।’
त्यस्तै उपाध्यक्षलाई ३२ विभागको जिम्मेवारी दिने, महासचिव र उपमहासचिवलाई : जनवर्गीय संगठनको जिम्मेवारी र सचिवहरुलाई प्रदेशको समन्वय गर्नेगरी अध्यक्षको प्रस्ताव छ ।
साथै केन्द्रीय सदस्यहरुलाई केन्द्रदेखि वडातहसम्म समन्वय गर्ने र पार्टी संगठन सुदृढ गर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण