सेयर बजारमा ९ अंकको वृद्धि, १ अर्ब ८१ करोडको कारोबार
काठमाडौँ । आज बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९.२५ अंकको वृद्धि आएको छ । कारोबार समयदेखि घट्न थाले पनि अन्तिम समयमा सुधार आउँदै परिसूचक ९ अंकले बढेर बन्द भएको हो । यससँगै, परिसूचक २० हजार ८६ अंकमा पुगेर रोकिएको छ ।
परिसूचक ९ अंकले बढ्दा आज ११७ वटा कम्पनीको सेयर मूल्य बढिसकेको छ । यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य घट्दा १९ कम्पनीको सेयर मूल्य भने स्थिर छ । यसक्रममा आज १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ बराबरको ९३ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ ।
नेप्से बढे पनि आज प्रभु स्मार्ट फण्डको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यस्तै, एनआईबीएल समृद्धि फण्ड–२ को मूल्य समेत ४.५८ प्रतिशतले घटेको छ । यता आज ३ समूहको सूचक समेत घटेको छ । व्यापार समूहको सूचक १.७८ अंकले घट्दा लघुवित्त समूहको सूचक ११ अंकले र जलविद्युत समूहको सूचक ५.६८ अंकले घटेको छ ।
आज हाटेल र टुरिजम समूहको सूचक ७८ अंकले बढ्दा निर्जीवन बीमा कम्पनी समूहको सूचक ६५ अंकले बढेको छ । यस्तै, जीवन बीमा समूहको सूचक ४२ अंकले बढेको छ भने विकास बैंक समूहको सूचक ३९ अंकले बढेको छ । यस्तै, वित्त समूहको सूचक ३० अंकले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण