बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
नेप्से

सेयर बजारमा ९ अंकको वृद्धि, १ अर्ब ८१ करोडको कारोबार

बुधबार, १७ साउन २०८०, १६ : ०८
बुधबार, १७ साउन २०८०

काठमाडौँ । आज बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९.२५ अंकको वृद्धि आएको छ । कारोबार समयदेखि घट्न थाले पनि अन्तिम समयमा सुधार आउँदै परिसूचक ९ अंकले बढेर बन्द भएको हो । यससँगै, परिसूचक २० हजार ८६ अंकमा पुगेर रोकिएको छ ।

परिसूचक ९ अंकले बढ्दा आज ११७ वटा कम्पनीको सेयर मूल्य बढिसकेको छ । यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य घट्दा १९ कम्पनीको सेयर मूल्य भने स्थिर छ । यसक्रममा आज १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ बराबरको ९३ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से बढे पनि आज प्रभु स्मार्ट फण्डको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यस्तै, एनआईबीएल समृद्धि फण्ड–२ को मूल्य समेत ४.५८ प्रतिशतले घटेको छ । यता आज ३ समूहको सूचक समेत घटेको छ । व्यापार समूहको सूचक १.७८ अंकले घट्दा लघुवित्त समूहको सूचक ११ अंकले र जलविद्युत समूहको सूचक ५.६८ अंकले घटेको छ ।

आज हाटेल र टुरिजम समूहको सूचक ७८ अंकले बढ्दा निर्जीवन बीमा कम्पनी समूहको सूचक ६५ अंकले बढेको छ । यस्तै, जीवन बीमा समूहको सूचक ४२ अंकले बढेको छ भने विकास बैंक समूहको सूचक ३९ अंकले बढेको छ । यस्तै, वित्त समूहको सूचक ३० अंकले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप