महानगरले हटाउन थाल्यो सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ (तस्बिरहरु)
काठमाडौँ । काठमाडौँको सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको हो ।
महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले बसुन्धरादेखि म्हैपीसम्म बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालिएको जानकारी दिए । काठमाडौँ महानगरपालिकाले उक्त खोलामा झन्डै तीन किलोमिटर स्ल्याब हटाउन लागेको हो । हालसम्म बसुन्धरादेखि चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकिएको र म्हैपी क्षेत्रको हटाउने काम जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।
_Vc9Nb7iYVX.jpg)
सामाखुसी खोलालाई पुरानै स्वरुपमा ल्याउनका लागि एक महिनादेखि काठमाडौँ महानगरपालिकाले स्ल्याब हटाउन थालेको हो । खोला मिचेर बनाइएका घरहरु पनि बिस्तारै भत्काउने महानगरपालिकाले जनाएको छ । स्थानीय पूर्णकुमार महर्जन र स्याम राईले महानगरको यो काम निकै राम्रो भएको बताए । तर अर्का स्थानीय तारादेवी पान्डेले भने स्थानीयले बनाएको यो संरचनामा महानगरले बेवास्ता गरेर डोजर चलाएको भन्दै दुखेसो पोखिन् ।
महानगरपालिकाले खोलाको दायाँबायाँ बाटो निर्माण गरे वृक्षरोपण गर्नेसमेत जनाएको छ । यही साउन ७ गते उक्त खोलामा भानुभक्त स्कुलमा अध्ययनरत १३ वर्षीय बालक साजन मगर खसेका थिए । उनको शव बिहीबार मात्र फेला परेको प्रहरीले जनाएको छ ।
_LAxtdH3hPK.jpg)
_xj1FvEdeuG.jpg)
_GTSQM5PtLZ.jpg)
_Rh5ctu0shv.jpg)
_zs99GVprVe.jpg)
_OFIzyhjO18.jpg)
_QQSP4MPsA0.jpg)
_Vi02wozojx.jpg)
_BpKGl2TxZF.jpg)
_mSzsWdmQMV.jpg)
_E8z3WqJlgH.jpg)
_tlCcc1Wvu6.jpg)
_KbjxctfxYL.jpg)
_gQejEi6GA3.jpg)
_PkQJiORUlL.jpg)
_Vn14Mv7t1j.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण