सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बससेवाले १० दिनसम्म १० जनाले निःशुल्क यात्रा गर्न पाउने

सोमबार, २२ साउन २०८०, १० : ३७
सोमबार, २२ साउन २०८०

काठमाडौँ । अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौँ वार्षिक उत्सव पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर वि.सं. २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा दशौँ वर्षमा प्रवेश गरेको हो ।

 यो अवधिमा बससेवा डटकमले नेपालभरका अधिकांश रूटहरूका साथै भारतको नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत सेवा दिँदै आएको छ । 
कम्पनीमार्फत हाल दैनिक ३ हजार भन्दा बढी यात्रुले सेवा लिँदै आएका छन् । यो बिचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले काठमाडौको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ । सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् भने लाउञ्बाट सिधै बस चढ्न सकिन्छ । 

दशौँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने ‘ बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइन मार्फत टिकट प्रदान गर्ने उदेश्यले आफ्नो सेवा सुरू गरेको हो । हामीले यो बिचमा विभिन्न उतारचढाव बेहोर्नुपरेपनि आम यात्रु र यातायात व्यवसायीले देखाउनुभएको विश्वास प्रति म धन्यवाद दिन चाहान्छु । आगामी दिनमा हामीले हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै आम यात्रुलाई सहज हुनेगरी सेवा विस्तार गर्दै जानेछौँ ’।  

यसैबिच बससेवाले १० औँ वर्ष प्रवेशका अवसरमा दशदिनसम्म हरेक दिन दशजनाले निशुल्क यात्रा गर्न सक्ने अफर सार्बजनिक गरेको छ । हरेक दिन गोलाप्रथा मार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिनेछ । विजेताको नाम बससेवाको आधिकारिक फेशबुकपेज मार्फत सार्बजनिक गरिने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप