सुन तस्करीमा सरकारको छानबिन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ : उपमहासचिव शर्मा
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानबिन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताएका छन् ।
सोमबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताएका हुन् । उनले सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताए ।
उपमहासचिव शर्माले अहिलेको अवस्थामा सरकारले गरेको छानबिनलाई सहयोग गर्नु आवश्यक रहेको बताए । उनले बरु सरकारलाई निश्चित समयभित्र छानबिन गरिसक्नुस् भने समय तोक्न भने सकिने बताए ।
उपमहासचिव शर्माले संसदमा धेरै विषयहरुमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद् ठप्प पार्नु नहुने बताए । उनले सरकारको तर्फबाट संसद् खोल्नका लागि पहल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण