मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता
मकवानपुर । मकवानपुरको बागमतीमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना हराइरहेका छन् । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामा पहिरोले घर बगाउँदा हराएका ७ मध्ये एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य ६ जना बाने अझै बेपत्ता रहेका छन् ।
गयरातिदेखि परेको अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रे दोभानमा खसेको भल सहितको पहिरोले स्थानीय अक्कल बहादुर स्यान्तानको घर बगाएको थियो ।
पहिरोमा परी स्यान्तानकी श्रीमती ५५ वर्षकी सन्त माया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । उनको बिहान ८ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
पहिरोमा परी बेपत्ता हुनेमा बागमती–५ सिक्रे दोभान बस्ने वर्ष ६० को अक्कल बहादुर स्याङ्तान, निजको छोरी वर्ष २२ की शिला पहरी, ज्वाइँ वर्ष २५ को जीवन पहरी, नाति वर्ष ४ को मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र सिन्धुली हरिहरपुर-१ कोकटी बस्ने वर्ष १७ को पासाङ घिसिङ रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण