श्रीमान्लाई काले भन्नु पनि क्रूरता, सम्बन्धविच्छेदको बलियो आधार : कर्णाटक उच्च अदालत
श्रीमतीले श्रीमान्लाई उनको कालो वर्णका कारण अपमान गर्छिन् भने त्यो सम्बन्धविच्छेदको बलियो आधार हुने अदालतले बताएको छ ।
कर्णाटक उच्च अदालतले कुनै पुरुषकी श्रीमतीले कालो वर्णका कारण उनको अपमान गरेको खण्डमा त्यो सम्बन्धविच्छेदको लागि अपिलका लागि बलियो आधार भएको बताएको छ ।
उच्च अदालतले एक ४४ वर्षीय व्यक्तिको उनकी ४१ वर्षकी श्रीमतीसँग सम्बन्धविच्छेदको मन्जुरी दिँदै यस्तो टिप्पणी गरेको हो ।
अदालतले भनेको छ, ‘अभिलेखमा भएका प्रमाणले यो निष्कर्ष निकाल्न सकिन्छ कि श्रीमतीले कालो वर्णका लागि श्रीमानलाई अपमानित गर्थिन् र यसै कारण अन्य कुनै कारण बिना उनी श्रीमान्बाट अलग बसिरहेकी थिइन् ।’
उच्च अदालतले भन्यो, ‘यो पक्ष लुकाउने उद्देश्यले श्रीमतीले श्रीमान्माथि अवैध सम्बन्ध रहेको झूटा आरोप लगाएकी छिन् । यी तथ्यले क्रूरता देखाउँछ ।’
यो जोडीले सन् २००७ मा विवाह गरेका थिए र दुवैका एक छोरी पनि छन् । सन् २०१२ मा श्रीमानले बैंगलोरको पारिवारिक अदालतमा सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए ।
श्रीमान् र ससुराले दाइजो मागेको र छोरीसहित घरबाट बाहिर निस्कन नदिएको महिलाले आरोप लगाएकी थिइन् ।
श्रीमतीले श्रीमानको अर्की महिलासँग अवैध सम्बन्ध रहेको र उनीहरू दुवैको एक सन्तान रहेको पनि आरोप लगाएकी थिइन् ।
सन् २०१७ मा पतिको सम्बन्धविच्छेदको निवेदन पारिवारिक अदालतले खारेज गरिदिएपछि उनी उच्च अदालत गएका थिए ।
उच्च अदालतले भन्यो, ‘श्रीमतीले श्रीमान् भए ठाउँ फर्किन कुनै पनि कोसिस गरिनन् र अभिलेखमा रहेका प्रमाणले यो पुष्टि गर्छ कि महिलालाई आफ्ना श्रीमानको कालो वर्णका कारण विवाहमा कुनै रुचि थिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण