सेयर बजार झिनो अंकले वृद्धि
काठमाडौँ । सेयर बजार सूचक नेप्सेले बुधबार २ हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेर फर्किएपछि बिहीबार पनि सामान्य हिसाबले सकारात्मक बनेको छ । यस दिन नेप्से सूचक ५.१३ विन्दुले बढेर २०६६.०५ अंकमा आएको छ । २ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । होटेल तथा पर्यटन समूह सबैभन्दा बढीले वृद्धि भएको छ ।
यसअघि २२ सय भन्दा माथि पुगेको बजार घटेर बुधबार इन्ट्रा डे कारोबारमा बुधबार करिब २ हजार विन्दुसम्म ओर्लिएको थियो । त्यसपछि भने बजारले सकारात्मक गति समाएको थियो ।
बिहीबार पनि बजार बढेकाले सोही विन्दुलाई नै सपोर्ट बनाएर बजार फर्किएको धेरैले अनुमान लगएका छन् ।
यसदिन २६९ कम्पनीको ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । झन्डै १७ करोड रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपर तामाकोशी र शिवम् सिमेन्ट्स रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण