साकाको उत्कृष्ट गोलमा आर्सनलको विजयी सुरुवात
शनिबार, २७ साउन २०८०, २१ : ४४
लण्डन । आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । शनिबार नटिङह्याम फरेस्टविरुद्धको खेलमा आर्सनल २–१ गोलले विजयी भएको हो ।
एडी एनकिटेयाले खेलको २६ औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । बुकायो सकाले ३२ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । गत सिजन यता साकाले आर्सनलको घरेलु मैदानमा २४ खेलमा १८ गोलमा संलग्न भएका छन् । यसमा ११ गोल र ७ एसिस्ट छन् ।
दोस्रो हाफको ८३ औँ मिनेटमा टाइवो अवोनियीले फरेस्टका लागि एक गोल फर्काएपछि गत सिजनको उपविजेतालाई अन्तिम केही मिनेट सकस परको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण