शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् हेरफेर

प्रधानमन्त्रीले चाहनुभयो भने मन्त्री मात्रै होइन पार्टी सदस्यबाट पनि हटाउन सक्नुहुन्छ : मन्त्री मोदी

आइतबार, २८ साउन २०८०, १२ : ४४
आइतबार, २८ साउन २०८०

काठमाडौँ । जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारीलाई लिएर विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीको कोटाबाट मन्त्री बनेका सुदन किराँती र अमनलाल मोदीमध्ये एक जनालाई फिर्ता बोलाएर उक्त मन्त्रालयको जिम्मेवारी जनमतलाई दिने तयारी थालेको बताइन्छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले प्रधानमन्त्रीलाई आफू सहयोग गर्न तयार रहेको र आफू मन्त्रालयबाट बाहिरिन कुनै आपत्ति नरहेको रातोपाटीलाई बताइसकेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भने कुन मन्त्री फिर्ता बोलाउने वा नबोलाउने भन्ने विषय प्रधानमन्त्रीमा निहित हुने बताउँछन् । 

उनले रातोपाटीसँग भने,‘ म एउटा थारुको छोरा, समावेशीको हिसाबले पनि मलाई फिर्ता बोलाउनुहुँदैन भन्ने लाग्छ । तर, प्रधानमन्त्रीले चाहनुभयो भने मलाइ मन्त्री मात्रै होइन, पार्टी सदस्यबाट समेत निष्कासन गर्न सक्नुहुन्छ ।’ 

त्यसो त नेपाली कांग्रेसमा समेत समावेशीलाई ध्यान नदिएको भन्दै आन्तरिक विरोध सुरु भएको छ । तीन पटक सांसद भइसकेका मोदीले पछिल्लो पटक मात्रै मन्त्रीको जिम्मेवारी भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप