प्रधानमन्त्रीले चाहनुभयो भने मन्त्री मात्रै होइन पार्टी सदस्यबाट पनि हटाउन सक्नुहुन्छ : मन्त्री मोदी
काठमाडौँ । जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारीलाई लिएर विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीको कोटाबाट मन्त्री बनेका सुदन किराँती र अमनलाल मोदीमध्ये एक जनालाई फिर्ता बोलाएर उक्त मन्त्रालयको जिम्मेवारी जनमतलाई दिने तयारी थालेको बताइन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले प्रधानमन्त्रीलाई आफू सहयोग गर्न तयार रहेको र आफू मन्त्रालयबाट बाहिरिन कुनै आपत्ति नरहेको रातोपाटीलाई बताइसकेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भने कुन मन्त्री फिर्ता बोलाउने वा नबोलाउने भन्ने विषय प्रधानमन्त्रीमा निहित हुने बताउँछन् ।
उनले रातोपाटीसँग भने,‘ म एउटा थारुको छोरा, समावेशीको हिसाबले पनि मलाई फिर्ता बोलाउनुहुँदैन भन्ने लाग्छ । तर, प्रधानमन्त्रीले चाहनुभयो भने मलाइ मन्त्री मात्रै होइन, पार्टी सदस्यबाट समेत निष्कासन गर्न सक्नुहुन्छ ।’
त्यसो त नेपाली कांग्रेसमा समेत समावेशीलाई ध्यान नदिएको भन्दै आन्तरिक विरोध सुरु भएको छ । तीन पटक सांसद भइसकेका मोदीले पछिल्लो पटक मात्रै मन्त्रीको जिम्मेवारी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
नागरिकलाई न्याय दिलाउन स्थानीय अदालत आवश्यक छ
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण