हिमालयन डिस्टिलरीको नाफा ३७.५४ प्रतिशतले घट्यो
काठमाडौँ । आर्थिक मन्दीको असर बजारमा मदिराजन्य पदार्थको बिक्री वितरण घटेसँगै हिमालयन डिस्टिलरी लिमिटेडको नाफामा सङ्कुचन आएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ३७.५४ प्रतिशतले नाफा गुमाउँदै आर्थिक वर्ष २०७९-८० मा ६६ करोड १ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ ।
आर्थिक वर्ष २०७८-७९ मा कम्पनीले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा वर्षमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ८ अर्ब ५६ करोड रुपैयाँबाट घटेर ६ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ । यो अघिल्लो वर्षको भन्दा २५.२२ प्रतिशतले कम हो ।
यस्तै, समीक्षा वर्षमा कम्पनीको सञ्चालन नाफा पनि १ अर्ब ४७ करोड रुपैयाँबाट घटेर ९५ करोड २ लाख रुपैयाँमा सीमित भएको छ ।
कम्पनीले समग्र व्यवसायमा चालु पुँजीको अभाव, बैङ्कले प्रवाह गर्ने ऋण दिन ढिलाइ, ब्याजदरमा उच्च वृद्धि, बजारमा नयाँ ब्रान्डका मदिराहरूको आगमन, उच्च प्रतिस्पर्धाको अवस्था जस्ता कारणले सम्पूर्ण अर्थतन्त्रमा असर पर्दा समग्र व्यवसायको कारोबार नै घट्न गएको उल्लेख गरेको छ ।
हाल हिमालयन डिस्टिलरीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ९२ करोड ३३ लाख रुपैयाँ जम्मा रहेको छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी घटेर २७ रुपैयाँ १७ पैसा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ५० पैसा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण