हिमाल आरोहण शुल्क बढाउने तयारी
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने रोयल्टी रकम बढ्ने भएको छ । सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ सय अमेरिकी डलर लिँदै आएकोमा ३ सय डलर बढाएर १५ सय अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न लागिएको छ ।
विभागका महानिर्देशक लुइँटेलका अनुसार पर्वतारोहण सम्बन्धी ९ छौटौ संशोधन० नियमावली, २०५९ लाई संशोधन गर्न लागिएको छ । सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क विभागले ९ वर्षपछि परिवर्तन गर्न लागेको हो ।
पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी गरिरहेको विभागले सगरमाथालगायत अन्य हिमालहरूको आरोहणमा लाग्ने अनुमति शुल्क बढाउने निर्णय गरेको महानिर्देशक लुइँटेलले बताए।
ुहिमाल चढ्दा लाग्ने रोयल्टी बढाउने गरी नियमावली संशोधन भइरहेको छ,ु उनले भने, ुयही महिनाभित्र नयाँ रोयल्टीसहित नियमावली संशोधनको तयारीमा छौं। सबै हिमाल आरोहण अनुमतिको रोयल्टी बढाउने गरी नियमावली संशोधन गरेको उनले बताए ।
यसैगरी विभागले नियमावली संशोधन पश्चात् शरद ऋतु (अटम सिजन) मा सगरमाथा आरोहण दस्तुर ७ हजार ५ सय अमेरिकी डलर लिन लागिएको महानिर्देशक लुइँटेलले बताए । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ गाउँपालिकाले ल्याएनन् समयसीमाभित्र बजेट, अध्यक्षको अस्वस्थता देखि सहमति अभावसम्म
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण