शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लिबियामा द्विपक्षीय  झडप : सत्ताइस जनाको मृत्यु

बुधबार, ३१ साउन २०८०, ११ : ३७
बुधबार, ३१ साउन २०८०

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते भएका छन् । 

सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदा बीचको झडप सोमबार राति शुरु भएको हो । दुवै पक्षबीचको द्वन्द्व अझै जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् । 

झडपमा ज्यान गुमाउने दुवै समूहका कार्यकर्ता हुन् वा तीमध्ये केही सर्वसाधारण नागरिक पनि थिए भन्नेबारेमा स्पष्ट भएको छैन । मृतक एवम् घाइतेको अवस्था पनि केन्द्रले खुलाएको छैन । त्रिपोलीलाई आधार बनाएर मानवीय सहयोगका काम गरिरहेको रेडक्रिसेन्ट सोसाइटीले पनि एएफपीलाई कुनै सूचना दिन अस्वीकार गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप