आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसंघद्वारा कोलम्बिया हिंसाको निन्दा

बुधबार, ३१ साउन २०८०, १५ : ३२
बुधबार, ३१ साउन २०८०

बोगोटा । संयुक्त राष्ट्रसंघले कोलम्बियामा नाटकीय ढंगले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ ।

कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० जनाभन्दा बढी नरसंहारका घटना भएका छन् । सरकार र सशस्त्र समूहबीचको युद्धविरामका बाबजुद ११ प्रतिशतले हिंसा बढेको राष्ट्र संघले जनाएको छ ।

मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तका प्रतिनिधि जुलिएट डे रिवेरोले बढ्दो हिंसाप्रति दुःख व्यक्त गरेकी छन् । बोगोटामा  मानवीय अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उनले सुरक्षा बलमाथि भएका अन्धाधुन्ध आक्रमण, गैर–राज्य र सशस्त्र समूह तथा आपराधिक सङ्गठनका नरसंहारका घटनाले सबैलाई चिन्तित तुल्याएको बताइन् । 

गत वर्षको अन्त्यमा राष्ट्रपति गुस्ताभो पेट्रोले देशका पाँच प्रमुख सशस्त्र समूहहरूसँग द्विपक्षीय युद्धविरामको घोषणा गरेका थिए । तर त्यसको पूर्ण पालना नहुँदा अमूल्य मानव जीवन अतिवादी समूहको आक्रमणमा नाश भइरहेको छ । बितेका छ महिनाम नरसंहारका घटनामा १९ जना बालबालिकाका साथै एक सय ६८ जना मारिएका छन् ।-(रासस/एएफपी)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप