सन नेपाल लाइफको आईपीओ आजदेखि
काठमाडौं । विहीबारदेखि सन नेपाल लाईफको प्राथमिक सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई जारी पूँजी ३ अर्ब २० करोडको ३० प्रतिशत बराबरको सेयर बिक्री खुलाएको हो ।
इन्स्योरेन्सले १०० रुपैयाँ अंकित ९६ लाख कित्ता सेयरमा १३९ रुपैयाँ प्रिमिय मूल्य थपेको छ । यससँगै, सर्वसाधारणले कम्पनीको आईपीओ खरिद गर्न प्रतिकित्ता २३९ रुपैयाँ लगानी गर्नुपर्छ । कम्पनीले वैदेशिक रोजगारीमा पुगेका नेपालीहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ ।
वैदेशिक रोजगारीमा जानेहरुका लागि सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको हो । सामूहिक लगानी कोषलाई ५ प्रतिशत र कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्याइएको छ ।
बाँकी रहेको ७६लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयरको बिक्री प्रबन्धकमा एसबीआई क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण