वन विकास कोषको १ अर्ब अलपत्र
काठमाडौं । वनको विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यबाट गठन गरिएको वन विकास कोषमा अहिलेसम्म करिब १ अर्ब रूपैयाँ जम्मा भएको छ । तर, त्यो रकम वन क्षेत्रको विकास तथा सम्बर्द्धन गर्ने उद्देश्यमा प्रयोग हुन सकेको छैन।
वन विभागका अनुसार उक्त रकम विगत ४ वर्षदेखि प्रयोगविहीन बनेको हो । वन क्षेत्र अन्य प्रयोजनका लागि प्रयोग गर्न दिएबापत त्यसबाट प्राप्त भएको रकम वन विकास कोषमा जम्मा गर्नु पर्ने वन विकास कोष वन ऐन, २०७६ को दफा ४५ मा व्यवस्था गरिएको छ ।
वन विकास कोषबाट उठेको रकम प्रयोग गर्ने विषयमा कार्यविधि नै नबनेकाले ४ वर्षदेखि कोषमा प्राप्त भएको रकम प्रयोगमा नआएको वन विकास कोषका सदस्य सचिव तथा वन विभागका महाप्रबन्धक शिव वाग्लेले बताए। उनका अनुसार विभागले कार्यविधिको मस्यौदा तयार गरिसकेको छ ।
केही दिनमै मन्त्रालयमा मस्यौदा पेस गर्ने तयारी भएको वाग्लेले बताए । 'मन्त्रालयले कार्यविधि मन्त्रिपरिषद्मा लग्न पनि सक्छ या आफैँ पास गर्न पनि सक्छ । तर कार्यविधि पास हुनेबित्तिकै वन विकास कोषमा जम्मा भएको रकम प्रयोगमा आउनेछ,' उनले भने । वाग्लेका अनुसार हाल उक्त रकम वन विभागको कोष तथा लेखा नियन्त्रक कार्यालयको धरौटी खाता जम्मा भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ गाउँपालिकाले ल्याएनन् समयसीमाभित्र बजेट, अध्यक्षको अस्वस्थता देखि सहमति अभावसम्म
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण