साताको सेयर बजार : परिसूचकसँगै घट्यो कारोबार रकम
काठमाडौँ । यो साता नपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेको छ । सातामा दुई दिन बढेको नेप्से तीन दिन घट्दा परिसूचक ३२.९२ अङ्क अर्थात १.५९ प्रतिशतले घटेको हो । गत साताको शुक्रवार नेप्से परिसूचक २०६६ अंकमा कायम थियो ।
सातामा तीन दिन घटेपछि यो साताको अन्तिम कारोबार दिन बिहीबारसम्ममा २०३३ अंकमा आएर रोकिएको हो । यो साता नेप्से परिसूचक आइतबार र बिहीबार मात्रै बढेको थियो । आइतबार १४.८१ अंकले बढेको नेप्से बिहीबार ८ अंकले मात्रै बढेको थियो ।
यसबाहेक, सोमबार ३ अङ्क, मङ्गलवार ३१.८० अङ्क र बुधवार २०.३१ अंकले परिसूचक खुम्चिएको हो । यो साता नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ । गत साता नेप्सेमा १० अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
यो सातामा भने १० अर्ब ५० करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । जुन, गत साताको कारोबार रकमको तुलनामा ३० अर्बले न्यून हो । यस्तै, यो साता नेप्सेको पुँजीकरण समेत खुम्चिएको छ । नेप्से पुँजीकरण ०.५९ प्रतिशतले घटेसँगै ३० खर्ब ४३ अर्बमा आइपुगेको छ । गत साता नेप्से पुँजीकरण ३० खर्ब ६१ अर्ब रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु