साताको सेयर बजार : परिसूचकसँगै घट्यो कारोबार रकम
काठमाडौँ । यो साता नपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेको छ । सातामा दुई दिन बढेको नेप्से तीन दिन घट्दा परिसूचक ३२.९२ अङ्क अर्थात १.५९ प्रतिशतले घटेको हो । गत साताको शुक्रवार नेप्से परिसूचक २०६६ अंकमा कायम थियो ।
सातामा तीन दिन घटेपछि यो साताको अन्तिम कारोबार दिन बिहीबारसम्ममा २०३३ अंकमा आएर रोकिएको हो । यो साता नेप्से परिसूचक आइतबार र बिहीबार मात्रै बढेको थियो । आइतबार १४.८१ अंकले बढेको नेप्से बिहीबार ८ अंकले मात्रै बढेको थियो ।
यसबाहेक, सोमबार ३ अङ्क, मङ्गलवार ३१.८० अङ्क र बुधवार २०.३१ अंकले परिसूचक खुम्चिएको हो । यो साता नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ । गत साता नेप्सेमा १० अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
यो सातामा भने १० अर्ब ५० करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । जुन, गत साताको कारोबार रकमको तुलनामा ३० अर्बले न्यून हो । यस्तै, यो साता नेप्सेको पुँजीकरण समेत खुम्चिएको छ । नेप्से पुँजीकरण ०.५९ प्रतिशतले घटेसँगै ३० खर्ब ४३ अर्बमा आइपुगेको छ । गत साता नेप्से पुँजीकरण ३० खर्ब ६१ अर्ब रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण