शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख दलले काण्डहरू फासफुस गर्ने सहमति गरे : थापा

शनिबार, ०२ भदौ २०८०, १७ : ०६
शनिबार, ०२ भदौ २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिन्डिकेट खडा गरी प्रमुख दलहरूले राज्य संयन्त्रमा कब्जा जमाएको आरोप लगाएका छन् । थापाले प्रमुख भनिने दलहरूले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुन तस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको भन्दै तीव्र रोष प्रकट गरेका हुन् । 

पार्टीको काठमाडौँ महानगर समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो संघीय गणतन्त्र नाममा अहिले मुलुकमा कायम व्यवस्थाको नै अन्त्य जरुरी भएको समेत बताए । राप्रपा नेपाल भविष्यमा सत्ता केन्द्रित हैन, जनता केन्द्रित भएर जनता र देशको हितको लागि अगाडि बढ्ने सङ्कल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे । 

मुलुकमा विदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्म परिवर्तन, महँगीको मारमा सिङ्गो देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहरी खेलले विधिको शासनको उपहास भएको समेत जिकिर गरे । कार्यक्रममा विभिन्न नवप्रवेशीहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप