संसद् बैठकअघि सभामुखले सत्तारुढ र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गर्ने
काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
त्यसका लागि सभामुख घिमिरेले आइतबार बिहान बिहान ११ बजे सिंहदरबारमा प्रमुख सचेतकहरूलाई बोलाएका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । त्यसअघि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि नेताहरूलाई सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाएको सभामुखको निजी सचिवालयले जनाएको छ ।
छलफलका लागि सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ ।
तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार सदन अवरोध गर्दै आएको छ । एमालेको माग अनुसार सत्तापक्ष आयोग गठन गर्न तयार छैन । जसका कारण लामो समयदेखि संसद् बन्धक जस्तै बन्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण