सभामुख घिमिरेले भने–संसद्को अवरोध हटाउन राजनीतिक दलहरुबीच सहमतिको विकल्प छैन
आइतबार, ०३ भदौ २०८०, १४ : २६
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताएका छन् । आइतबार संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले संसद्को अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउनेकुरामा अड्किएको बताए । उनले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताए । उनले दलहरुको बीचमा समझदारीको वातावरण बन्नसके संसद् अवरोध हट्ने बताए ।
सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि आफूले दलका नेताहरुसँग बसेर छलफल गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण