आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ

प्रस्तावित प्रधानन्याधीशले पेस गरे न्यायपालिका सुधारसम्बन्धी १८ पन्ने कार्ययोजना (पूर्णपाठ)

सोमबार, ०४ भदौ २०८०, १३ : १४
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय सुधारका लागि १८ पन्ने कार्ययोजना पेस गरेका छन् ।  सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको हलमा सोमबारदेखि सुरु भएको सुनुवाइमा क्रममा श्रेष्ठले न्यायपालिकाको सुधारसम्बन्धी प्रस्तुत कार्ययोजनालाई इमानदारीपूर्वक कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरेका हुन् ।

संवैधानिक परिषद्को सिफारिसमा नियुक्ति हुने प्रधान न्यायाधीश एवम् संवैधानिक अङ्गलगायतका पदाधिकारीहरूको नियुक्तिअघि संसदीय सुनुवाइ गर्नुपर्ने नेपालको संविधानको व्यवस्थाबमोजिम आज यस गरिमामय समितिसमक्ष उपस्थित भएको श्रेष्ठले बताएका छन् । ‘ यसलाई मैले भावी प्रधान न्यायाधीशको रूपमा न्यायपालिकाको सुधार सम्बन्धमा आफ्नो सोच, दृष्टिकोण र अवधारणासहितको कार्ययोजना प्रस्तुत गर्ने र समितिका माननीय सदस्यहरूज्यूबाट सुझाव र पृष्ठपोषण प्राप्त गर्ने महत्तवपूर्ण अवसरको रूपमा लिएको छु,’ श्रेष्ठले भनेका छन् । 

नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई संविधानको आधारभूत संरचनाका रूपमा स्थापित गरेको उनले बताएका छन् । ‘संविधानले न्यायसम्बन्धी अधिकार संविधान, कानून र न्यायका मान्य सिद्धान्तबमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग हुने व्यवस्था गरेको छ,’ श्रेष्ठले भनेका छन् । 

संविधान र कानूनको सर्वोच्चता एवम् सर्वोपरितालाई आत्मसात् गर्दै नागरिकका हक अधिकारको प्रचलन गराउने र कानूनको शासनमार्फत लोकतन्त्रका लाभहरूको अनुभूति सबैले गर्न पाउने अवस्थाको सुनिश्चितताका लागि न्यायपालिका थप जिम्मेवार र संवेदनशील हुनु आवश्यक रहेको उनले बताएका छन् ।  न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवम् प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्नुपर्ने उनले जिकिर गरेका छन् ।

नेपालको संविधानबमोजिम प्रधान न्यायाधीशको पदमा मलाई नियुक्तिको लागि सिफारिस गरेकामा श्रेष्ठले संवैधानिक परिषद्प्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नेपालको संविधानबमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवम् गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु मेरो प्रमुख जिम्मेवारी रहेकोप्रति म स्पष्ट र प्रतिबद्ध छु । साथै, संविधानको धारा १३६ बमोजिम न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधान न्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि त्यत्तिकै सजग र संवेदनशील रहेको छ । प्रस्तुत कार्ययोजनाको प्रभावकारी कार्यान्वयनबाट न्यायिक सुशासन र न्यायपालिकाप्रतिको आस्था एवम् विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने छ भन्ने मैले अपेक्षा गरेको छु ।’
न्यायिक सुधारका सम्बन्धमा उपर्युक्तबमोजिम आफूले प्रस्तुत गरेको अवधारणा र कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकार, संघीय संसद्लगायत सम्बद्ध निकायहरूबाट आवश्यक सहयोग र समर्थन प्राप्त हुने छ भन्नेमा श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।

यस्तो छ श्रेष्ठले प्रस्तुत गरेको कार्ययोजना :

WhatsApp Image 2023-08-21 at 12.58.54

WhatsApp Image 2023-08-21 at 12.58.546

WhatsApp Image 2023-08-21 at 12.58.535

WhatsApp Image 2023-08-21 at 12.58.524

WhatsApp Image 2023-08-21 at 12.58.52

WhatsApp Image 2023-08-21 at 12.58.53

WhatsApp Image 2023-08-21 at 12.58.51

WhatsApp Image 2023-08-21 at 12.58.533

WhatsApp Image 2023-08-21 at 12.58.523

WhatsApp Image 2023-08-21 at 12.58.501

WhatsApp Image 2023-08-21 at 12.58.502

WhatsApp Image 2023-08-21 at 12.58.50

WhatsApp Image 2023-08-21 at 12.58.471

WhatsApp Image 2023-08-21 at 12.58.48

WhatsApp Image 2023-08-21 at 12.58.49

WhatsApp Image 2023-08-21 at 12.58.47

WhatsApp Image 2023-08-21 at 12.58.46

WhatsApp Image 2023-08-21 at 12.58.44

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप