नेप्से सूचक १९ सयमा ओर्लियो, कारोबार १ अर्ब ४० करोडमा सीमित
काठमाडौँ । दोस्रो दिन पनि नेप्से सूचक दोहोरो अङ्कले घटेर १९ सयको रेन्जमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक १२.९३ अङ्कले घटेर १९ सय ९८.२८ अङ्कको विन्दुमा झरेको हो । अघिल्लो दिन २१.९९ अङ्कले घटेर नेप्से सूचक २ हजार ११.२४ अङ्कको विन्दुमा अडिएको थियो ।
उसो त आज कारोबार रकम समेत घटेर १ अर्ब ४० करोड ८९ लाखमा झरेको छ । हिजो झन्डै २२ अङ्कले नेप्से घटेको बजारमा १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । हाइड्रोपावर समूहको उपसूचक आज पनि १.४० प्रतिशतले घटेको छ भने म्यानु एन्ड प्रो समूहको उपसूचक १.०७ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक १.१७ प्रतिशतले घटेको छ । अन्य १० वटा उपसूचक १ प्रतिशत कमले घटेका छन् ।
तथापि, आज लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुकाहरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मेनछिया हाइड्रोपावरको सेयर मूल्य ७.९९ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण