नाबालक बन्दी फरार प्रकरण
रानीपोखरीबाट दुईजना एसएसपीसहितको प्रहरी टोली घटनास्थलमा
सोमबार, ०४ भदौ २०८०, १६ : ४१
काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट २ सय २१ जना नाबालक बन्दीहरु भागेपछि सो क्षेत्रमा दुईजना एसएसपीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । बाल सुधार गृहमा थुनामा रहेका १८ वर्षीय कमल बस्नेतको मृत्युको विषयमा झडप हुँदा नाबालक बन्दी भागेका हुन् ।
घटनास्थलमा उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरु दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।
उपत्यका प्रहरी कार्यालयबाट दुईजना एसएसपी र एकजना एसपीसहितको टिम घटनास्थलमा पठाएको उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणी आचार्यले रातोपाटीलाई बताए ।
फरार भएका २२१ जना जना नाबालक बन्दीको खोजी भइरहेको डीआईजी आचार्यले जानकारी दिए । उनले भने–‘ललितपुर र भक्तपुरबाट थप प्रहरी परिचालन गरिएको छ, फरार नाबालक बन्दीहरुको खोजी हुँदै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण