भक्तपुरको सुधार गृहबाट २२१ जना फरार
काठमाडौँ । भक्तपुरको बाल सुधार गृहबाट २२१ जना नाबालक बन्दी फरार भएका छन् । हिजो एक नाबालक बन्दीको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएका हुन् ।
सुधार गृहमा २९६ जना नाबालक बन्दी रहेकामा अहिले प्रहरीको नियन्त्रणमै ४२ जना बालिका र ३३ जना रहेका छन् । अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । बाँकी फरारहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
भक्तपुरको सानो ठिमीस्थित बालसुधार गृहबाटमा ‘नाबालक बन्दी’ को शङ्कास्पद मृत्यु भएको थियो । रामेछाप जिल्ला मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि आन्दोलन चर्किएको थियो ।
सुधार गृहका कर्मचारीले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका थिए । अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बाल सुधार गृहमा थिए ।
थुनुवाहरु तोडफोडसहित फरार भएपछि अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण