शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘नाङ्गो गाउँ’को ट्रेलरमा दयाहाङ र शिशिरको राजनीतिक लडाई

सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको हो । राजनीतिक परिवेशलाई रोचक तरिकाले देखाइएको फिल्मको ट्रेलरमा अभिनेता दयाहाङ राई र शिशिर वाङ्देलबीचको राजनीतिक लडाई देखाउन खोजिएको छ ।

क्लक वर्क क्रियशनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठले निर्माण गरेका हुन् । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया