शिव परियारको ‘दिल परानी’
काठमाडौँ । गायक शिव परियारले नयाँ गीत ‘दिल परानी’ ल्याएका छन् । प्रेममा धोकाको भाव व्यक्त गर्ने गीतमा राज क्षितिजको शब्द रचना र मनोज मालेको संगीत छ । गायनमा शिवलाई गायिका अन्नु चौधरीले साथ दिएकी छन् । गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।
उपहार दियौ धोका
जिन्दगी नै प्याला नै बन्यो
निष्ठुरीको, बैगुनीको, निर्मोहीको, दिल परानीको
निर्मोहीको याद नै मुटु पोल्ने ज्वाला बन्यो
गीतका यी शब्दले प्रेममा विक्षिप्त भएको प्रेमीको मनोदशा व्यक्त गर्छन् । भिडियोमा यही भावलाई उतारिएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा गरिमा शर्मा र उमेश सोनाम फिचर्ड छन् ।
भिडियोमा दिनेश पराजुलीको छायांकन, विकास दाहालको सम्पादन र राजेन्द्र मोक्तानको कलर संयोजन छ । सुहाना क्रिएसनको प्रस्तुति रहेको गीतका निर्माता गायक शिव स्वयं हुन् । गीतमा जलजला परियार र श्रीषा परियारले कोरस स्वर दिएका छन् । गीत ‘शिव परियार’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
भिडियो
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण